+
+

दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ८:०६

२ जेठ, दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुन्दर केसी ३४७७ मतका साथ विजयी भएका छन् ।

केसीले कांग्रेसका नगेन्द्रबहादुर मल्ललाई पराजित गरेका हुन् । मल्लले ३३३६ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपानी ३५७७ मत ल्याएर विजयी भएकी छन् । उनले पनि कांग्रेसकै उम्मेदवारलाई पारजित गरेकी हुन् । कांग्रेकी एलिजा थापा केसीले ३१५२ मत ल्याइन् ।

डुंगेश्वरको वडानम्बर ३, ४, ५ , ६ मा एमाले, २ मा कांग्रेस र १ मा माओवादीले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?