+
+

दिपायल सिलगढी-३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १०:०९

२ जेठ, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का विजयी भएका छन् । खड्का ४६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रोशन कठायतले ४१५ मत ल्याएका छन् ।

खड्का २०७४ सालको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए । यसपटक पनि उनले कांग्रेसबाट टिकटको दाबी गरेका थिए । कांग्रेसले उनको सट्टा कठायतलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आफू जित्ने निश्चित देखेपछि स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै आएका खड्काले पुनः बाजी मारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?