+
+

अन्तिम मत परिणाम आएसँगै उदयपुरका विभिन्न वडामा विजयोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १०:४६

२ जेठ, उदयपुर । उदयपुरमा अन्तिम मत परिणाम धमाधम आउन थालेसँगै विजयोत्सव पनि सुरु भएको छ । आठ स्थानीय तहमध्ये अहिलेसम्म एक पालिकाको नतिजा आएको छ भने विभिन्न वडाको पनि मत परिणाम आएको छ ।

लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनतर्फबाट उम्मेदवार विजयी भएका छन् । यो पालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मेजरकुमार राई, उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई, वडा नम्बर १ को अध्यक्षमा जनदीप मगर, २ मा जितेन राई, ३ मा गुरुमणि कुमाईं, ४ मा क्षेत्र राई र ५ मा वसन्त राईको विजय हासिल भएको छ ।

उपाध्यक्षसहित चार वडाको नेतृत्वमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने एउटा वडामा नेतृत्व स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अन्तिम परिणाम सार्वजनिक भएसँगै लिम्चुङबुङका विभिन्न वडामा विजयोत्सव मनाउन थालिएको छ ।

मत गणना भइरहेका नगरपालिकाहरु बेलका, चौदण्डीगढी तथा गाउँपालिकाहरु ताप्ली, उदयपुरगढी, रौतामाईका विभिन्न वडामा पनि अन्तिम परिणाम आएसँगै विजयोत्सव सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?