+
+

उभौली : प्रकृतिसँग तालमेल मिलाउने उत्सव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ११:४८

वैशाख पूर्णिमाबाट सुरु हुने उभौली पर्व किरात समुदायले धुमधाम मनाइरहेका छन् । उनीहरुले भूमी पूजा गरी चन्डी नाच नाच्दै यो उत्सव मनाउने गर्छन् ।

खासगरी प्रकृतिप्रति आभारी रहदै वालीनाली सप्रियोस्, दुःखव्याधि नलागोस्, दैवी प्रकोपहरु सहन नपरोस् भन्ने कामना गर्दै यो पर्व मनाउने गर्छन् । किरात समुदायको यो परम्परागत उत्सव कृषि युगबाट नै मनाउँदै आएको बताइन्छ ।

प्रकृतिको पूजा

आदिवासी किरात समुदायलाई प्रकृति पूजक मानिन्छ । यस जातिले आफ्नो चाड–पर्वमा प्रकृतिको पूजा गर्छ । प्रकृतिसँगै एकाकार भएर बाँच्ने शैली खोज्छ ।

यस समुदायले भूमी, आकाश, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपंक्षी र वनस्पतिको पूजा गर्छ । प्रकृतिको पूजा गर्नु भनेको यी सबैप्रति आभारी रहनु हो । कृतज्ञ रहनु हो । किरात समुदायको जीवन खेती किसानीमा आधारित छ । त्यही कारण बालीनाली लगाउने बेला र उठाउने बेला विशेष पर्व एवं उत्सव मनाउने गर्छन् ।

यी उत्सव एवं चाडहरुले बालिनाली लगाउने उपयुक्त समयको पनि संकेत गर्छ । मौसमी चक्र एवं हावापानी अनुसार कुन बेला कस्तो बाली लगाउने भन्ने कुरा यसैले निर्धारण गर्छ ।

बालीनाली लगाएपछि कुनैपनि प्राकृतिक प्रकोप नहोस्, खडेरी नलागोस्, बाढी पहिरो वा प्राकृतिक प्रकोपको सामना गर्नु नपरोस् भनेर कामना गरिन्छ ।

जब बालीनाली पाक्छ, तब यस समुदालय उत्सव मनाउँछ । बालीनाली घरमा भित्र्याइरहँदा प्रकृतिप्रति कृतज्ञता प्रकट गर्छन् । अन्नबाली सप्रिएकोमा, कुनै विनास नआएएकोममा प्रकृति, हावापानी, पशुपंक्षीप्रति आभारी हुने गरिन्छ ।

एक महिनासम्म मनाउने प्रचलन

यो पर्व वसन्त ऋतुमा वालीनाली राम्रो होस्, सबैमा शान्ति सुख रहोस्, दैवी प्रकोप वा विपत्तीहरुको सामना गर्न नपरोस् भनेर प्रकृतिको पूजा गर्छन् । यो पर्व प्रत्येक वैशाख पूर्णिमादेखि यी जातिले भव्य रुपमा मनाउँदै आएका छन् । उभौली पर्व अर्थात भूमी पूजा साकेला सिली नाच्दै एक महिनासम्म मनाउने गरिन्छ ।

किरातहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि बर्षेनी बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमामा मनाउँने गर्छ । यसैगरी बालीनाली पाकेपछि पनि खुसीयाली मनाउने गरिन्छ । यस पर्वलाई चाहिँ उधौली भन्ने गरिन्छ, जो मंसिरे पूर्णिमामा पर्छ ।

यस पर्वमा साकेला नाच नाच्दै रमाइलो गरिन्छ । शुद्ध तन, मनले ढोल, झ्याम्टा, धनुकाँडको अदुवा, मर्चा आदिले पूजा गरेपछि सृष्टिकर्ता र प्रकृतिको पूजा गरेमा सबैको कल्याण हुन्छ भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?