+
+

नीलकण्ठ नगरपालिका- ३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १२:२७

२ जेठ, धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको २ नम्वर क्षेत्रीय कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठ वडा अध्यक्ष पदको आकांक्षी रहेका थिए । पार्टीले गोपीकृष्ण भण्डारीलाई उम्मेदवार बनाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

गुलाब चिह्न लिएर प्रतिस्पर्धा गरेका श्रेष्ठले कांग्रेसको आधिकारिक उम्मेदवारलाई ७१० मतान्तरले पराजित गरे । वडामा कुल दुई हजार ८४१ मत खसेकोमा श्रेष्ठले एक हजार ३३९ मत ल्याए भने कांग्रेस उम्मेदवार भण्डारीले ६३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २४१ मत र नेकपा माओवादीका नारायणकुमार श्रेष्ठले ३९५ मत पाए ।

जिल्लाको सदरमुकाम र नीलकण्ठ नगरपालिकाको केन्द्र समेत रहेको ३ नम्वर वडामा स्वतन्त्र उम्मेद्वारको विजयलाई राजनितिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?