+
+

रहेनन् पाका निर्देशक हेम लामा, आजै स्वयम्भुमा अन्त्येष्टी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १२:३२

काठमाडौं । पाका फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघातपछि अस्पताल भर्ना भएका उनको आइतबार दिउँसो १ बजेर १५ मिनेटमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

आज दिउँसो ३ बजे स्वयम्भुमा बौद्ध परम्पराअनुसार उनको दाहसंस्कार गरिने भएको छ । उनको पार्थिव शरिरमा आज दिउँसो बालुवाटारस्थित घरमा पुगेर कलाकार र शुभेच्छुकले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

उनले निर्देशन गरेको फिल्म आदर्श नारीबाट विजय लामा, अंशुमाला शाही, सन्नी रौनियार र मोहन निरौलाले अभिनय करिअर थालेका थिए । यो फिल्म नोभेम्बर ६, १९८४ मा रिलिज भएको थियो ।

छोरा समेत रहेका अभिनेता विजय लामाले बुवाको निधनमा लेखेका छन, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन । तिम्रो यादले निकै सताउने छ । तर, मलाई विश्वास छ, तिमी जहाँ छौं, खुशि छौ । तिम्रो खुशि नै मेरो खुशि हुनेछ ।’

नेपाली कला जगतका विभिन्न व्यक्तित्वले पनि निर्देशक लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । आजीवन सदस्य समेत रहेका लामालाई २०७७ सालमा चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?