
काठमाडौं । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा कान्स फिल्म फेस्टिभल हुन सकेन । संसारकै पुरानो मानिने यो फिल्म फेस्टिभल मंगलबारदेखि फ्रान्समा सुरु हुँदैछ ।
कान्सको नयाँ संस्करणलाई लिएर नेपालमा समेत किन चासो छ भने पहिलोपटक कुनै नेपाली फिल्मले यसमा औपचारिकरुपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म लोरी पाम दे ओरको प्रतिस्पर्धामा छ ।
कान्स महोत्सव थलो फ्रेन्च रिभेरियामा भव्यतापूर्वक जमघट आयोजना हुँदैछ । यसपटक कान्सले ७५ औं वर्षगाँठ मनाउँदैछ ।
कान्स माइकल हेजेनाभिसियस निर्देशित जम्बोइ फिल्म ‘जेड’ प्रिमियर हुँदैछ । रोचक लाग्न सक्छ, कान्स फिल्म फेस्टिभल पनि युद्धको उत्पादन नै हो ।
यो फेस्टिभल सुरुमा इटालीको भेनिस फिल्म फेस्टिभलको फ्रान्सेली प्रतिद्धन्द्धीको रुपमा आयोजना गरिएको थियो जहाँ एडोल्ड हिटलर र बेनेटी मुसोलिनी समेत हस्तक्षेप गरेका थिए ।
यसपटकको कान्स पनि युद्धको ध्वनीबाट टाढा हुनेछैन ।
कान्स आयोजकले रुसी फिल्म र प्रतिनिधिलाई रोक लगाएका छन् । यद्यपी, केही युक्रेनी निर्देशकले बनाएका फिल्म चाहिँ प्रदर्शन हुनेछन् । जसमा सर्जेइ लोजनिताको डकुमेन्ट्री ‘द न्याचुरल हिस्ट्री अफ डिस्ट्रक्सन’ समेत छ । गत अप्रिलमा रुसी हमलाबाट मरिपोलमा मारिएका लिथुआनियन निर्देशक मन्तस केर्भेडार्सियसले आफू मारिनुअघि खिचेका फुटेजलाई यसमा समावेश गरिएको छ ।
साथै, कान्सले अघिल्ला तीनवर्षमा भन्दा धेरै हलिउड स्टारलार्य समेत भित्र्याउँदैछ । टम क्रुज स्टारर ‘टप गन : माभेरिक’ हलभन्दा पहिल्यै कान्समा स्क्रिनिङ हुनेछ । अभिनेता क्रुज रेडकार्पेटमा देखिनेछन् भने उनले अन्तर्वार्तामा बसेको दृलभ दृश्य पनि हेर्न पाइनेछ ।
वार्नर ब्रोजले अस्टिन बटलर र टम ह्यांक्स स्टारर फिल्म ‘एल्भिस’लाई प्रदर्शन समेत गर्नेछ । ‘म्याड म्याक्स फ्युरी रोड’ निर्देशक जर्ज मिलरको नयाँ फिल्म ‘थ्री थाउजन्ड इयर्स अफ लङ्गिङ’ स्क्रिनिङ हुनेछन् जसमा एड्रिस अल्बा र टिल्डा स्विल्टनजस्ता स्टार पनि हुनेछन् ।
यसपटक कान्सले स्ट्रिमिङ सर्भिसका फिल्मलाई प्रतिस्पर्धामा भाग लिन दिएको छैन । यसपटक फ्रान्सेली अभिनेता भिन्सेन्ट लिन्डन मुख्य जुरी छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई समेत देख्न सकिनेछ ।
मुख्य पुरस्कार पाम दे ओरको प्रतिस्पर्धामा महिला निर्देशित पाँच फिल्म छन् । कान्सका लागि यो कीर्तिमान हो भने विश्वका अन्य फेस्टिभलको तुलनामा यसपटक न्यून संख्यामा महिला निर्देशित फिल्मले भाग लिएका छन् ।
कान्सको हलभित्र कोभिड-१९ परीक्षण र मास्कलाई अनिवार्य तुल्याइएको छ ।
प्रतिक्रिया 4