+
+

गुल्मीको मदानेको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १५:५७

२ जेठ, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी सरिता खड्का विजयी भएकप् छन् ।

कुँवरले ४ हजार ७०७ मत ल्याएका छन् भने उनका प्रत्यासी एमालेका प्रेम केसीले ४ हजार ६९७ मत पाए ।

उपाध्यक्षमा निर्वाचित खड्काले ४ हजार ५६५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्दले ४ हजार २११ मत पाए ।

मदाने गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । गाउँपालिकाका ७ वटा वडामध्ये ५ वडामा नेपाली कांग्रेस र २ वडामा नेकपा एमालेले जितेको छ ।  जसअनुसार वडानम्बर १, ३, ४, ६ र ७ मा कांग्रेस तथा २ र ५ को वडाअध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यो गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?