+
+

कालीकोटको खाँडाचक्रको मेयरमा स्वतन्त्रबाट कमलबहादुर शाही विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:१४

२ जेठ, सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् ।

शाहीले २९१९ मत पाएर मेयरमा विजयी भएका हुन् । हाँस चिह्नमा चुनाव लडेका शाहीले प्रतिस्पर्धी एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरे । पाण्डेले २००९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका ताराकुमारी शाहले १७९३ मत पाएकी छन् ।

स्वतन्त्र चिह्न लिएर मेयर निर्वाचित भएका कमलबहादुर नेकपा एकीकृत समाजवादीका कालीकोट जिल्ला उपाध्यक्ष हुन् । शाहीलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

खाँडाचक्रको उपमेयरमा भने माओवादी केन्द्रका गणेशबहादुर शाही निर्वाचित भएका छन् । उनले २९२६ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेलेकी मिनाकुमारी शाहीले २३९९ र कांग्रेसका नेत्रबहादुर शाहीले १५८६ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?