पछिल्लो केही बर्षमा स्ट्रीमिङ प्लेटफर्मले फिल्म निर्माताका लागि कथाको आयम बढाइदिएको छ । जनसंख्याको हिसाबले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश फिल्म निर्माताका लागि आकर्षक गन्तव्य बनेको छ ।
तर, यस प्रदेशमा आधारित भएर भन्ने फिल्ममा सामान्यतय अपराध र ग्याङ फाइटलाई देखाउन गरिन्छ । यी सबै देखाइरहँदा राज्यको समृद्ध संस्कृति र इतिहास भने ओझेलमा रहने गरेको छ ।
उत्तर प्रदेशको सानो सहर वा नगरमा आधारित सानो बजेटको फिल्मले सफलता पाएसँगै फिल्म र टेलिभिजन उद्योग यहाँ धेरै कथामा फिल्म बनाउन लालयित छन् ।
भौगोलिक हिसाबले ठूलो र जनसंख्याको हिसाबले घना उत्तर प्रदेश भारतको राजनीतिमा हावी त छ नै, यसले फिल्म निर्मातालाई पनि आफ्नो प्रभावमा पार्न थालेको छ ।
नयाँ फिल्म र वेब सिरिजबारे चासो राख्ने ट्वीटर एकाउन्ट सीनेमा रेयरले ठट्यौलीकै भाषामा भनेको छ, अब उत्तर प्रदेशका त्यस्ता कुनै ठाउँ छुटेको छैन होला जहाँमाथि फिल्म नबनेको होस् ।
राज्य सरकारले पनि छुट सँगै विशेष व्यवस्थाको प्रलोभन दिएर फिल्म निर्मातालाई धैरै भन्दा धेरै संख्यामा आर्कषित गरिरहेकोे छ ।
मिर्जापुरदैखि पाताल लोकसम्म (कम लोकप्रिय) लोकप्रिय त्यस राज्यमा आधारित छ । यसमा पारिवारिक दुश्मनी र हत्या हिंसा देखाउने गरिन्छ ।
बलिउडको लागि अपराधको कथा कुनै नौलो होइन । १९९८ मा मुम्बईमा आधारित ग्याङ्स्टार ड्रामा सत्या पछि यसप्रकारको हिंस्रक र डार्क फिल्मको सिलसिला सुरुवात भयो । जसले सहरको सतह मुनि चलिरहेको अपराधलाई दर्शाउछ ।
यूपीबाट आएका निर्देशकले फिल्मलाई परिवर्तन गरे
सत्या निर्माण पछि मुम्बईमा अण्डरवल्र्डको सर्वसाधारणमा कमजोर छाप छाप प¥यो तर नयाँ अपराधमा आधारित फिल्ममा यसको अझैपनि असर देखिरहेको छ ।
फिल्म आलोचक उदय भाटियाले आफ्नो किताब ‘बुलेट्स ओवर बम्बे’मा लेखेका छन्, सत्याले हिन्दी सिनेममा धेरै परिवर्तन लिएर आयो, तर यसको विरासतमा त्यस्ता मानिस पनि सहभागि छन् जसले यसमा काम गरेका थिए । उनले यसको सफलताबाट फाइदा उठाएन मात्र आफ्नो तरिकामा हिन्दी सिनेमालाई परिवर्तन पनि गरे ।
यस कोटीका निर्देशक अनुराग कश्यप र विशाल भारद्वाज हुन् । यी दुवै उत्तर प्रदेशलाई प्रतिनिधित्व गर्छन् । विशाल भारद्वाजले उत्तर प्रदेशलाई समेटेर कयौं सफल फिल्म निर्माण गरेका छन् ।
दिल्ली विश्वविद्यालयकी अध्यापिका, लेखिका सँगै फिल्म निर्माता अनुभा यादव भन्छिन्, ‘सत्याभन्दा अगाडिमा फिल्ममा कथालाई धैरै ध्यान दिइने गरिएको थिएन ।’
उनका अनुसार हिन्दी सिनेमको लागि कथा महत्वपूर्ण भएको छ, यो सँगै फिल्ममा एक अलग तरिकाको सौन्दर्य आएको छ । उनलाई लाग्छ, वेब सीरिजले यसलाई नयाँ स्तरमा ल्याएको छ ।
तर कतिपय आलोचक यसका समस्यातर्फ पनि ध्यान पु¥यउर्नुपर्ने बताउँछन् । उत्तर प्रदेशको शाहबादमा बस्ने समाजशास्त्री मोहम्मद सईद भन्छन् ‘सत्या वास्तविक थियो, त्यसपछि बनेका सबै फिल्म एकप्रकारले नक्कल गरेको जस्तो देखिन्छ । त्यसमा अनुहार फेरिएका सँगै नयाँ सूचना र गाली समावेश छन् ।’
लेखिका यादव भन्छिन्, ‘सत्याको सफलता पछि दर्शकलाई बहलाउन नयाँ शैली अपनाइयो, जसमा पुरुष प्रभुत्व देखाउने सँगै हिंसालाई सहारा लिइयो ।’
उत्तर प्रदेशको भौगोलिक स्थिती र जनसंख्याको विविधताको कारणले फिल्म निर्मातालाई लाभ मिलेको छ । तर यसभन्दा पनि राज्यसँग यस्ता धेरै कुरा रहेका छन् । राज्यको गंगाजमुना सभ्यता (हिन्दु मुसलमानको साझा संस्कृति) साहित्य, कला, संगीत र नृत्य जगतको धेरै धुरन्धरको यहाँ जन्म भयो । तर आजको समयमा प्रदेशमा देखिएको जटिलता भएपनि यो क्षणभंगुर हो ।
यादव भन्छिन्, ‘यो भूमि कविहरु, शायर गालिबको ठाँउ हो, यहाँ १८५७ को क्रान्ति जस्तो सबैभन्दा ठूलो ऐतिहासिक कथा छ । तर यसको मतलब यहाँ अपराध नभएको भन्ने होइन । पुलिस इन्काउन्टर, घृणाले भरिएको हिंसा, महिलामाथि हुने अपराध शीर्षस्थानमा छ ।’
तर फिल्म र टेलिभिजन कार्यक्रममा अरु ठूला राज्यको तुलनामा उत्तर प्रदेशको हिंसालाई धैरै मात्रामा देखाइने गरिन्छ । यद्यपि यी राज्यमा पनि दसौं हजार अपराध दर्ता हुन्छन् ।
यूपीमा हिंसाको उल्टो कथा देखाइन्छ
२०२० मा लिएको एक अन्तर्वार्तामा पटकथा लेखिका जूही चतुर्वेदीले भनेकी थिइन्, उत्तर प्रदेशमा बन्दुक बाहेक त्यहा इतिहास, कला र संगीत पनि छन् ।
गत साल चतुर्वेदीद्वारा लैखिएको फिल्म ‘गुलाबो सिताबो’मा घरबेटी र बहालमा बस्नेका बिचमा पुरानो बंगलाको लागि भएको झगडा देखाइएको थियो । लेखिकाले फिल्मलाई लखनऊमा निर्माण गरिन् । जहाँ उनी हुर्किएकौ थिइन् । उनले कथालाई अगाडि बढाउनकौ लागि स्थानिय कठपुतलीकौ सहयोग लिएकी थिइन् ।
यस्ता धेरै फिल्म निर्माण गरियो, जसमा बिना एक गोली पनि नचलाई उत्तर प्रदेशको मनोरञ्जनात्मक कथा भनियो । शुभ मंगल ज्यादा सावधान र बरेलीकी बर्फी यसका उदाहरण हुन् ।
पटकथाकार लेखिका चतुर्वेदी भन्छिन् कुनैपनि सहरमा विविधता हुन्छ, जसमा अपराध पनि एक हो । तर उत्तर प्रदेश र बिहारजस्तो राज्यमा अपराध बाहेक अरु पनि हुन्छन् ।
यादव र सइद दुबै यो कुरा भन्छन् कि राज्यबाट आउने अपराधको खबर र त्यस अनुसारको सामान्यकरणको जब प्रयोग हुन जान्छ, तब राज्य र त्यहाँका मान्छेहरुलाई अलग गरेर देखाइन्छ ।
सईदका अनुसार राज्यलाई राष्ट्रिय स्तरमा कसरी देखाइन्छ यसको व्यापक प्रभाव पर्दछ । पहिले निर्देशकले उत्तर प्रदेशमा आधारित बहुमुखी फिल्म बनाए, त्यो पनि कुनै हिंसा बिना नै ।
फिल्म निर्माता यादव भन्छिन्, ‘ विशाल भारद्वाजको ओमकारामा हिंसा थियो तर फिल्ममा त्यो हावी छैन । हिंसालाई फिल्ममा मूलरुपमा देखाइएको छैन ।
मसान जस्तो स्वन्त्र फिल्मले राज्यको दिनप्रतिदिनको अपराधलाई चित्रण गरेको छ ।
वर्ष २०१२ मा जब अनुराग कश्यपले कोइला माफियामाथि आधारित भएर ग्याङ्स अफ वासेपुर निर्माण गरे तब स्थानिय बासिन्दाले आफ्नो दैनिक जिन्दगीलाई असंवेदनसिल भएर प्रस्तुत गरिएको बन्दै विरोध गरेका थिए । साथै यो भ्रामक भएको आलोचना गरेका थिए ।
दुई भाग गरेर बनाइएको यस फिल्ममा अविभाजित बिहारको वासेपुर सहरलाई देखाइएको थियो । धेरैले यस फिल्मलाई खतरनाक भनेका थिए । यद्यपि निर्देशक कश्यपलै आत्मरक्षा गर्दे यौ फिल्म वास्तविकताको नजिक भएको बताएका थिए ।
सईद सम्झिन्छन् ‘अनुराग कश्यपकौ फिल्मले बिहार र झारखण्ड असहज भएको थियो । फिल्ममा चट्नी संगीत थियो (यो भारतीय लोक संगीतको एक शैली हो) जसमा क्षेत्रीय संगीतको रुपमा प्रस्तुत गरिएको थियो । यति मात्र नभएर हिसांत्मक प्रस्तुतीले जनतालाई पनि सताएको छ ।
यादव भन्छिन्, ‘नयाँ फिल्ममा हिंसालाई एक सुत्र जस्तै पप्रयोग गरिदैछ र यो फिल्मको लोकेशन भन्दा अलग देखिन्छ । यसकारण भाषा र क्षेत्र भन्दा अलग भइदिन्छ यहा सन्दर्भलाई कम महत्व दिइन्छ ।’
सहर केन्द्रीत थ्रिलर शो जस्ता सेक्रेट गेम्स र आर्याको लागि पनि स्थिती अलग छैन ।
यादव भन्छिन्, ‘कल्पना गर्नुस्, सेकेन्ड गेम्स उत्तर प्रदेशमा आधारित छ । यो कति बद्लिन्छ ? मलाई लाग्दैन कि यो त्यती धेरै बद्लिदैन किनभने हिंसाको प्रस्तुतीकरण उस्तै रहनेछ ।’
यदि मिर्जापुरलाई गुजरातमा बनाउने हो भने यसमा धैरै बदलाव हुदैन । मात्र भाषा फरक हुनेछ ।
मुक्ती भवन र मसान जस्तो फिल्मको कुरा बेग्लै छन् । जुन बनारसको संस्कृति र भावलाई दैखाउँदछ । शायद यी अन्य ठाँउमा निर्माण हुन सक्दैनन् ।
अहिले यस्तो शोका लागि ठूलो स्ट्रीमिङ प्लेटफर्म बनिरहेको छ, जोेसँग प्रचार प्रचारका लागि अत्याधिक बजेट छ । यादव भन्छिन्, ‘यदि यो बद्लियो भने अझै धेरै बद्लिन्छ भन्ने मलाई लाग्छ ।’
बिबिसीबाट
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4