+
+

बागलुङको निसीखोला गाउँपालिकामा कांग्रेसका सूर्यबहादुर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २३:२०

२ जेठ, बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती निर्वाचित भएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेवार बनेका घर्तीले पाँच हजार ५११ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका भूमिराज घर्तीले दुई हजार ६३९ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेम घर्ती पाँच हजार मत प्राप्त गरी निर्वाचित हुँदा नेकपा एमालेकी भोटुचन्द ठकुरीले २ हजार १०८ मत प्राप्त गरिन् ।

गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका चन्द्रसिंह रामजाली, २ मा नेकपा माओवादी केन्द्रका कुविर विक, ३ मा राष्ट्रिय जनमोर्चाका रमेशविक्रम शाही, ४ मा नेपाली कांग्रेसका टीकानिधि पौडेल, ५ मा नेपाली कांग्रेसका हर्कमान घर्ती, ६ मा नेपाली कांग्रेसका हेमबहादुर बुढा र वडा नम्बर ७ मा नेपाली कांग्रेसका दीपक कुँवर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?