+
+

सुन्दरबजारको मेयरमा काङ्ग्रेसका कोइराला र उपमेयरमा एमालेकी केसी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २:१३

३ जेठ, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइराला निर्वाचित भएका छ्न् ।

उपप्रमुखमा भने एमाले उम्मेदवार भवानी केसी निर्वाचित भएकी छन् । काङ्ग्रेस उमेदवार कोइराला छ हजार ६४१ मत ल्याएर निर्वाचित भएका हुन् ।

निकटम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले छ हजार ३६ मत ल्याएका छन् । राप्रपाका सन्तबहादुर बस्नेतले ३८५ र मंगोल नेशलन अर्गनाइजेसनका भीमराज गुरुङले ५१ मत पाए ।

उपप्रमुखमा एमाले उम्मेदवार भवानी केसीले पाँच हजार १८ मत ल्याएर निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत ल्याएका छन् ।

सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार २४ मत ल्याएका छन् ।

राप्रपा उम्मेदवार पार्वती वाग्लेले २७८ पाएका छन् । मङ्गोल नेशनल अर्गनाइजेसनका उम्मेदवार बालकुमारी कामीले ४० मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?