+
+

पोखरामा धनराज आचार्य र कोपिलाको अग्रता बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ८:४५

३ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

२० हजार ६६० मत गणना हुँदा आचार्य १ हजार २८५ मतान्तरले अगाडि छन् । आचार्यले ८ हजार ५६३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार २७८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ५२६ मत पाएका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८ हजार ८७६ मतसहित अग्रता कायमै राखेकी छन् । एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८ हजार २७१ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?