+
+

सिन्धुपाल्चोकको भोटेकोशीमा कांग्रेस उम्मेदवार शेर्पा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ९:५०

३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा पाशाङ नुर्पु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित पाशाङ नुर्पुले २ हजार ६०५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत कुमार खड्काले २ हजार ४८ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार राज कुमार पौडेलले १ हजार ९१८ मत पाए ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी दिछेन शेर्पा २ हजार ७१२ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तली माया श्रेष्ठले २ हजार ५५३ मत पाएकी छन् ।

यसैगरी माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार आशा गुरुङ शेर्पाको पक्षमा १ हजार ६१२ मत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?