+
+

लमजुङको मर्स्याङदीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १३:५४

३ जेठ, लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अर्जुन गुरुङ र उपाध्यक्षमा जुनामाया थापा निर्वाचित भएका छन् ।

गुरुङले ६ हजार १ सय ३० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनाथ घिमिरेले ४ हजार ३ सय ६९ मत ल्याए । जनता समाजवादी पार्टी (जसपा) का वसन्तबहादुर थापाले १ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी जुनामाया थापाले ५ हजार ८ सय ९५ मत ल्याउँदा  नेकपा माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याए ।

मर्स्याङदी गाउँपालिकाको वडा नम्बर १, २, ३, ७, ८ मा एमाले र वडा नम्बर ४, ५, ६ र ९ मा कांग्रेसले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?