+
+

भोजपुरको षडानन्दको मेयरमा एमाले र उपमेयरमा माओवादी केन्द्र विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १५:१३

३ जेठ, भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरेन्द्रकुमार उदास विजयी भएका छन् । उनले गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वीरबल राईलाई १ हजार १५ मत अन्तरले पराजित गरेका छन् ।

मेयरमा निर्वाचित उदासले ६ हजार ७७२ मत पाउँदा राईले ५ हजार ७५७ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राईले उदासलाई हराएका थिए ।

मेयरमा एमालेका उदास विजयी हुँदा उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी प्रमिला राई निर्वाचित भएकी छन् । उनले ७ हजार २५७ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी  एमालेकी मेरिका राईले ४ हजार ३५८ मत ल्याइन् ।

२०७४ सालको निर्वाचनमा प्रमिला मेरिकासँग पराजित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?