+
+

सेयर बजारमा ८४.९० अंकको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १५:२८

३ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । यस दिन बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो ।

निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहहरु राताम्य रहे । सबैभन्दा धेरै वित्त र जलविद्युत् समूहका लगानीकर्ताले गुमाए ।

मंगलबार कुल २२१ कम्पनीको ३३ हजार ६१० वटा कारोबार भएको थियो । जसबाट ३५ लाख ९५ हजार ५६८ कित्ता बराबरको सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम १ अर्ब ६४ करोड ४९ लाख ५० हजार २३९ रुपैयाँमा सीमित भयो ।

मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशतले बढेर १३९६ रुपैयाँमा पुग्यो । बोटलर्स नेपाल समेत मूल्य बढ्ने कम्पनीमा रह्यो । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनलर इन्स्यारेन्स र सूर्योदय वामी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो । करीव एक दर्जन कम्पनीको कारोबार नेगेटिभ सर्किट लेवलमै झरेर रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?