
३ जेठ, रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले जितेको छ ।
माओवादी केन्द्रका गणेशकुमार केसीले कांग्रेसका अमरसिंह खड्कालाई ८३६ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् केसीले ५१२९ मत प्राप्त गरे । खड्काले ४२९३ मत पाए ।
यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकी राजकुमारी रेउले विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी सृष्टि बाँठालाई ८३० मतान्तरले पराजित गरिन् । रेउलेले ५१४३ मत पाउँदा बाँठाले ४३१३ मत पाइन् ।
गाउँपालिकाका १० वडामध्येमा माओवादीले ५ वडामा जितेको छ । ४ वडा कांग्रेसले जित्यो ।
कांग्रेसले यसअघि २०७४ सालमा गाउँपालिकाका २ वडा जितेको थियो । त्यतिबेला जितेका दुवै वडा गुमाएर माओवादीले जितेका ४ वडामा यो पटक कांग्रेस विजयी भएको हो ।
कांग्रेसले यो पटक केही वडामा एमालेसँग गठनबन्धन गरेको थियो । ११ मध्ये एउटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्।
प्रतिक्रिया 4