
३ जेठ, जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का ९ हजार १७३ मत ल्याएर निर्वाचित भएका हुन् ।
खड्काले नेकपा एमालेका उम्मेदवार लालबहादुर महतारालाई ३६३६ मत अन्तरले पराजित गरे । महताराले ५५३७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा (अपिल) ७९६८ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार अन्जुकुमारी थापाले ६०३१ मत ल्याइन् ।
छेडागाड नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो । एमाले एक्लै प्रतिस्पर्धामा थियो ।
यो नगरपालिकामा ३ वटा वडा एमाले, ४ वटा माओवादी, ४ वटा कांग्रेस र एउटा वडा समाजवादीले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4