+
+

गोरखाको धार्चेमा कांग्रेसको लज्जास्पद हार

पालिकादेखि वडासम्म पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १७:३१

३ जेठ, गोरखा । गोरखाको धार्चे गाउँपालिकामा नेपाली कांग्रेसले लज्जास्पद हार व्यहोरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित तीन वटा वडा जितेको कांग्रेस यसपटक भने सबै पदमा पराजित बन्यो ।

यसअघिको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेका नेपाली कांग्रेसका सन्तबहादुर गुरुङ यो पटक भने भारी मत अन्तरले पछि परे । उनलाई एक हजार ८२५ मत अन्तरले पछाडि पार्दै माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण गुरुङ बिजयी बने ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार फुलमाया गुरुङ पनि यसपटक पराजित भइन् । माओवादी केन्द्रकी उम्मेदवार सुनिला गुरुङले उनलाई एक हजार ८०३ को फराकिलो मत अन्तरले पराजित गरेकी हुन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा उक्त पालिकाको सातमध्ये तीन वटा वडा कांग्रेसले जितेको थियो । तर उक्त वडाहरुमा पनि यसपटक कांग्रेस पराजित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?