+
+

सरकारले फेरि बढायो गाडी भाडा, कुन गन्तव्यमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १९:२७

३ जेठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातकाे पुन: भाडा वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ४ जेठबाटै लागु हुने भएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५.१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौंबाट इलाम पुग्न १९२५ रुपैयाँ लाग्ने छ । यसअघि १८६० रुपैयाँ थियो । काठमाडौंबाट सुदुरपश्चिमको सिलगढी पुग्न २३९३ रुपैयाँ लाग्ने छ । यसअघि २३१२ रुपैयाँ भाडा थियो । विभागका अनुसार छोटो दूरीको सवारी भाडा भने बढेको छैन ।

यस्तो छ साविकको मूल्य र बढेको मूल्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?