+
+

कांग्रेस-एमाले मिलेर राप्रपाबाट खोसे झापाको कचनकवल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ९:४९

४ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ ।

गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस-एमाले मिलेर राप्रपालाई पराजित गरेका हुन् ।

अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाका ६६६७ मत पाए । तेस्रो भएको माओवादीले जम्मा ६६४ मत पाएको छ ।

यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी भएका छन् । उनले ८११३ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी राप्रपाकी ६८०२ मत पाइन् । तेस्रो भएको माओवादीकी भागीरथा अधिकारीले १२५७ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?