+
+

जसपाले टिकट नदिंदा जनमतमा लागे, जसपालाई हराएर मेयर चुनिए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १७:१३

४ जेठ, सप्तरी । स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझीले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पहिलो जित दिलाएका छन् । डा. राउतकै गृह जिल्ला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा माझी निर्वाचित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि माझी मेयरको उम्मेदवार भएका थिए । त्यस बेला संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भएका माझी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का शैलेश साहसँग १३०० भन्दा बढी मतअन्तरले पराजित भएका थिए ।

राजपा र तत्कालीन संघीय समाजवादी फोरम नेपाल मिलेर जसपा बन्दा शैलेश जसपामै रहिरहे । एक समयमा दुवै जना उम्मेदवार भएका माझी र साह एउटै पार्टीमा रहँदा जसपाले साहलाई टिकट दियो । जबकि माझी पनि दावेदार थिए । तर पार्टीले टिकट नदिएपछि जनमत गएका उनी जसपा उम्मेदवारलाई हराएर मेयर चुनिएका छन् ।

माझीसँग पराजित हुने शैलेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् । पार्टी पंक्तिले शक्तिको आडमा मन्त्रीकै छोरालाई टिकट दिएपछि उनी विरक्तिएर पार्टी परिवर्तन गरेको उनी निकट बताउँछन् । ‘पार्टीका लागि ठूलो योगदान दिने माझीलाई नेताहरुले टिकट दिनै चाहेनन्’ उनी निकट एक नेता भन्छन्, ‘आफ्नो जित्ने अवस्था रहेको भन्दाभन्दै पनि प्रदेश मन्त्रीकै छोरालाई टिकट दिए । अनि उहाँ जनमतबाट टिकट लिएर जित्नुभयो ।’

को हुन् माझी ?

माझी हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका बासिन्दा हुन् । उनको पारिवारिक पृष्ठभूमि राजनीतिक होइन् । उनका परिवार जमिन्दार हुन् । सुरुमा निर्माण व्यवसायी रहेका उनी पछि राजनीतिमा लागे । तत्कालीन मधेशी जनअधिकार फोरमबाट सक्रिय राजनीति सुरु गरेका उनी संघीय समाजवादी फोरम हुँदै जसपा बन्दासम्म यहीं पार्टीमा थिए ।

२०६३ साल, २०६४ साल र २०७२ सालमा भएको मधेश आन्दोलनको उनले भारदहमा नेतृत्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?