+
+

सप्तरीको राजगढको अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १८:१०

४ जेठ, सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् । मण्डलले ४ हजार १४९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८०७ मत पाएका छन् ।

उपाध्यक्षमा निर्वचित रेणुदेवीले ३ हजार ८८० मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रेखाकुमारी यादवले ३ हजार ७०७ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?