+
+

सर्लाहीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १९:०४

४ जेठ, जनकपुरधाम । सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित पूर्व पश्चिम राजमार्गमा बस र माछा बोक्ने पिकअप गाडी एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ५५१५ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२५ च ५७४३ नम्बरको माछा बोक्ने गाडी एकआपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका सह चालक सुनसरीको इटहरी उपमहानगरपालिका ४ बस्ने ३७ बर्षीय भीम राजबंशीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको मलगंवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

बसका चालक इटहरी ९ का ३८ बर्षीय बिदुर निरौला, पिकअपका सह चालक बाराको कोल्हबी नगरपालिका ५ बस्ने २३ वर्षीय संजीव यादवसहित बसमा सबार अन्य ८ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?