+
+

रौतहटको मौलापुरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २३:१०

४ जेठ, रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।

गठबन्धनका उम्मेदवारको विरुद्धमा निर्वाचनमा भाग लिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन ।

दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् ।

निवर्तमान मेयर साहले ५ हजार ५५६ मत प्राप्त गरिन् भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार रामप्रवेश यादवले तीन हजार ६२ मत हासिल गरेका छन् ।

मधेस प्रदेशको पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?