 
																			५ जेठ, काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन ।
मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ र उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भएका हुन् ।
तामाङले ९ हजार ४०६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत ल्याए । यसअघि तामाङ नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । पार्टी विभाजनपछि तामाङ एकीकृत समाजवादी काभ्रेका अध्यक्ष भए ।
नगर उपप्रमुखमा कांग्रेसका नेपालले ११ हजार ३०५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका सरिता ढकालले ६ हजार ९२४ मत प्राप्त गरिन् ।
मण्डनदेउपुर नगरपालिका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बाँस्कोटाको गृहनगर हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4