+
+

गठबन्धनलाई हराउँदै सुनवलको मेयर र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ११:५६

५ जेठ, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् ।

अर्यालले १४ हजार ८३८ ल्याउँदा नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याए । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याए । सुनवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । १३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?