+
+

मुगुमा नयाँ जनप्रतिनिधिलाई शुक्रबार सपथ गराइने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ११:५७

५ जेठ, मुगु । जिल्लाको एक नगरपालिका र ३ गाउँपालिकाकाको मतगणना सम्पन्न भई नतिजा समेत सार्वजनिक भइसकेको छ ।

चारवटै स्थानीय तहको नतिजा सार्वजनिक भएपछि सबै जनप्रतिनिधिलाई शुक्रबार सपथ ग्रहण गराइने मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।

शुक्रबार जिल्लाका नवनिर्वाचित छायानाथ रारा नगरपालिकाका मेयर, मुगम कार्मारोङ गाउँपलिकाका अध्यक्ष, खत्याड गाउँपालिकाका अध्यक्ष र सोरु गाउँपलिकाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका न्यायाधीश पुण्य प्रसाद सापकोटाले सपथ ग्रहण गराउनेछन् ।

उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई पालिका प्रमुखले सपथ गराउनेछन् । निर्वाचित जनप्रतिनिधिलाई बिहीबार नै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका ४ वटा स्थानीय तहका ४५ वडामा २३३ जना नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमध्ये छायानाथ रारा नगरपालिकाको मेयर, उप- मेयर, १४ वडा अध्यक्ष र सदस्यहरु गरी ७२ जना, खत्याड गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ जना निर्वाचित भएका छन् ।

त्यस्तै सोरु गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ११ वडाध्यक्ष र सदस्य गरी ५७ र मुगम कार्मारोङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, ९ वडाध्यक्ष र सदस्य गरी ४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

बिहीबार नै कार्यपालिका सदस्यहरुको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?