+
+

कपिलवस्तुको यशोधराको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १२:०८

५ जेठ, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन् ।

तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरिन् ।

यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित तीनवटा वडा जितेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?