+
+

समसेरले विजय उत्सव मनाइसके, एक बाकस मत गन्नै बाँकी रहेछ !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १४:३१

म५ जेठ, महोत्तरी । बर्दिबास नगरपालिका, महोत्तरीको वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समसेर सिंहले विजय उत्सव मनाए ।

पार्टीको बलियो पटक मानिएको बर्दिबासको मेयरमा माओवादी उम्मेदवार तेस्रो स्थानमा छ । वडाध्यक्षमा त्यस्तै परिणाम आएको बेला समसेर विजय भएकाले माओवादीले पनि खुसी साट्यो । तर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीबाट आएको फोनले माओवादी केन्द्रसँगै समसेरलाई नराम्रो झड्का दियो ।

निर्वाचन कार्यालयका अनुसार अरु वडाको मत गणना गर्दै जाँदा सरस्वती आधारभूत विद्यालयको एउटा बाक्स भेटिएको हो । अब त्यसको गणना गर्नुपर्ने भएको छ । ‘हाम्रो तीन वटा मतदान केन्द्र थियो । सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ भनेर मैले पनि विहान सुनेँ,’ समरेस भन्छन्, ‘विजय घोषणा गरिदिनुभयो, हामीले विजय उत्सव मनाऔं । अहिले एउटा बक्सा भेटिएपछि समस्या आयो ।’

वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत पाएका थिए । उनीहरुको मतान्तर जम्मा ७ छ । गन्न बाँकी मतपेटिकामा ८०/८५ मत रहेको अनुमान रहेको भन्दै समसेर भन्छन्, ‘नजिता जे पनि आउनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?