+
+

पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मलाई स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १५:२८

५ जेठ, पोखरा । अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ  ।

‘शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ हटाउनु भएको रहेछ, अर्को हप्ता फेरि सुनुवाइ हुनेछ’ उनले भने ।

उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?