+
+

नेप्से परिसूचक २३.५१ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १५:३७

५ वैशाख, काठमाडौं । बुधबार झिनो अंकले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः ओरालो लागेको छ । २३.५१ अंकले घटेर परिसूचक २ हजार २५०.९१ अंकमा झरेको बजारमा म्युचल फण्ड उपसमूहबाहेक कारोबारमा आएका सबै समूह राताम्मे बनेका छन् ।

बिहीबारको दोस्रो बजारमा २१९ कम्पनीका ३७ लाख ९८ हजार २६३ कित्त्ता सेयर २३ हजार ५६९ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ३० करोडमा सीमित भयो । जुन बिहीबारको भन्दा २ करोडले कम हो । कुल कारोबार भएका २१९ मध्ये बिहीबार १६९ कम्पनीको सेयर मूल्य घटे भने १९ वटा मात्रै कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बिहीबार जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले सबैभन्दा धेरैले बढ्यो भने मैलुङखोला जलविद्युत्, एनएमवी हाइब्रिड फण्डको सेयर मूल्य २ प्रतिशतले बढे ।

यता लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर धनीले बजारबाट ठूलो मात्रामा गुमाउने पुगे । सो कम्पनीको सेयर मूल्य ७.०८ प्रतिशतले घटेको थियो । यस्तै दोस्रो बजारमा धेरै गुमाउने अन्य कम्पनीहरुमा युनियन हाइड्रोपावर, सूर्योदय लघुवित्त, श्री इन्भेष्मेन्ट लगायत रहे । कम्पनीको सेयर मूल्य कम्तीमा ५ देखि ४ प्रतिशतसम्मले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?