+
+

धरानमा अग्रता लिएपछि हर्क साम्पाङले भने : धाँधली हुन सक्छ निगरानी गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १६:२७

५ जेठ, विराटनगर । नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवारलाई पछि पार्दै धरान उपमहानगरपालिकाको प्रमुखमा अग्रता बनाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले मतगणनाको निगरानी गर्नका लागि मतदातालाई आग्रह गरेका छन् ।

लौरो चुनाव चिह्न लिएर प्रमुख पदको उम्मेदवार बनेका उनले ३१ हजर ६४ मतगणना हुँदा ११३ मतको अग्रता बनाएका छन् ।

उनले आठ हजार ९९८ मत प्राप्त गरेका छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले आठ हजार ८८५ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार मन्जु भण्डारी सात हजार १८४ मतसहित तेस्रो स्थानमा छिन् ।

दलका उम्मेदवारलाई पछि पारेका उनले धाँधली हुनसक्ने आशंका गर्दै मतगणना स्थल पब्लिक स्कुलमा दिनमा एक पटक आइदिन सर्वसाधारणलाई आग्रह गरे । ‘जनताले दिएको मत हाम्रोतर्फ हुँदै जादा यहाँनेर दलका साथीहरुले धाँधली गर्न सक्ने स्थिति आएको छ,’ उनले भनेका छन्, ‘.. धरानमा बस्ने मतदाताहरु पनि पब्लिक स्कुलमा आउन जरुरी छ, तपाईहरुले दिएको मतको सही तरिकाले गन्ती हुन जरुरी छ, जसले जति अंक पाएको हो, उसलाई त्यती नै अंक दिनुपर्छ ।’

उनले बुधबार मतदान स्थल बाहिर भएको प्रदर्शनलाई लक्षित गर्दै आशंका व्यक्त गरेका हुन् । धरानका सामाजिक मुद्दामा अभियान चलाइरहेका साम्पाङ खानेपानीको मुद्दालाई प्राथमिकतामा राखेर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । धरान उपमहानगरपालिकामा खानेपानीको समस्या छ । निर्वाचनमा होमिएका सबै दलले खानेपानीको मुद्दालाई प्राथमिकतामा राखेका थिए ।

धरानमा कुल ६२ हजार ८९७ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?