+
+

गणतन्त्र दिवस तीन दिनसम्म मनाउने सरकारको निर्णय

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १८:१०

५ जेठ, काठमाडौँ । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाइ साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय समितिले गरेको छ ।

१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुडिखेलमा औपचारिक मूल समारोह गरिने सदस्य सचिव गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए । त्यसै दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

१६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशबासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फहर्‍याउने र दीप प्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्कने विद्युतिय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय भएको छ ।

उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय÷निकाय एवं प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहर्‍याएर १४, १५ र १६ जेठमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिका निकायका प्रमुखहरू, प्रधान सेनापति विशिष्ठ श्रेणीका राजपत्रांकित कर्मचारीहरू र सुरक्षा निकायका प्रमुखहरूलागयत रहनेगरी मूल समारोह समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा गृहसचिव टेकनारायण पाण्डे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?