+
+

स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारले दियो धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १८:४५
फाइल तस्वीर

५ जेठ, काठमाडौं । सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकैचोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतीपूर्ण रहेको बताए । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतीपूर्ण रहेकाले यसमा सहजता दिन सहयोग पुर्‍याउने सबै निकाय र पक्षहरुलाई धन्यवाद दिनु भएको पोखरेलले बताए ।

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे भने मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?