+
+

विमानस्थलमा सिफ्टमा काम गर्ने कर्मचारीले सातामा दुई दिन बिदा नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १९:३२
फाइल तस्वीर

५ जेठ, काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएको छ । तर विमानस्थलहरुमा सिफ्टमा काम गर्ने कर्मचारीले भने ६ दिन नै ड्युटी गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम बनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साविकमा १० देखि ५ बजे (जनरल ड्यूटी)सम्म काम गरिरहेका कर्मचारीलाई मात्र साताको दुई दिन बिदा दिने निर्णय गरेको छ । तर सिफ्टमा काम गर्ने कर्मचारीले भने प्राधिकरणले तोकेको सिफ्ट समय अनुसार साताको ६ दिन नै ड्युटी गर्नुपर्ने नियम बनेको छ ।

प्राधिकरणका निर्देशक विनोदप्रसाद न्यौपानेले प्राधिकरण मातहतका निकायलाई पत्राचार गर्दै बिदाबारे निर्णय जानकारी गराएका छन् । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । सोहीअनुसार त्रिभुवन विमानस्थलले स्लट व्यवस्थापन गरी कार्यान्वयन थालेको हो ।

विमानस्थलको अपरेसन समय २४ घण्टा सञ्चालन गर्दा प्रतिसिफ्ट ड्युटी समय साढे ६ घण्टा तोकिएको छ । यसरी सिफ्ट कायम गर्दा बिहान ६ बजेबाट दिउँसो साढे १२ बजेसम्म पहिलो सिफ्ट तोकिएको छ । दिउँसो साढे १२ देखि साँझ ७ बजेसम्म दोस्रो सिफ्ट तोकिएको छ । साँझ ७ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्म तेस्रो सिफ्ट तोकिएको छ । तेस्रो सिफ्टमा तोकिएको साढे ६ घण्टाभन्दा बढी हुन आउने अतिरिक्त समयका लागि भने अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने गरी प्राधिकरणले ड्युटी आवर तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?