+
+

काभ्रेको पनौतीमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जिते

रोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ९:३०

६ जेठ, काभ्रे । एमालेको बलियो प्रभाव मानिने काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राम शरण भण्डारी विजयी भएका छन् । भण्डारीले एमालेका मेयर उम्मेदवार भीम न्यौपानेलाई २ हजार २६७ मत अन्तरले हराए ।

कुल कसेको मतमा भण्डारीले १४ हजार ५० र न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे ।

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भइन् । बन्जाराले नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंलाई पराजित गरिन् । बन्जाराले १२ हजार ३३७ मत प्राप्त गरिन् भने हुमागाईंको पक्षमा १० हजार ३८८ मत पर्यो ।

नेपाली कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ । एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ । १२ नम्बर वडा नेकपा एकीकृत समाजवादीले जितेको छ ।

रोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

यसैगरी काभ्रेको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा तथा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाइबा विजयी भएका हुन् ।

७ हजार ५३४ मत प्राप्त गरी दिनेश लामाले अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार देवसागर लामा १ हजार १७६ मतले पछि परे । लामाको पक्षमा ६ हजार ३५८ मत रह्यो ।

उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइबा ६ हजार ६७२ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार बबिता बोहोराले ५ हजार ९४३ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?