+
+

श्रीलंका र डेनमार्कमा प्रस्तावित राजदूतको सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १३:४३
फाइल तस्वीर

६ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गरेको छ ।

शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ राय विरुद्धमा परेका उजुरीमाथि सुनुवाइ गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए ।

उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र उनीहरुविरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए ।

‘वासुदेव मिश्रको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा हामीले शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग सोधेका छौँ । रामस्वार्थ रायजीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि हामीले पत्र लेखेका छौँ । ९ गते समय तोकेर जवाफ दिन भनेका छौँ’ उनले भने ।

समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा. डा. रामस्वार्थ रायले राजदूत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदूतावास स्थापित गर्न पहल गर्ने बताए ।

उनले नेपाल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरसीप पीपीपी मोडेलमा लगानी प्रवर्द्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने बताए ।

‘नेपालमा २०१७ सम्म डेनमार्कको एम्बेसी थियो पछि हटाइयो । त्यसलाई कसरी पुनः स्थापित गर्ने भन्ने पहल गर्नेछु । दुई मुलुकबीच स्थानीय दुई पक्षीय बाइ इलेट्रल कन्सलटेन्सन, मेकानिजम पनि क्रियाशील गराउनेछु’ उनले भने ।

प्रस्तावित राजदूत रायले सरकारको परराष्ट्र नीतिभित्र रहेर सरकारको कामलाई पहिलो प्राथमिकता दिएर नेपाललाई चिनाउन विभिन्न पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?