+
+

जलाशययुक्त विद्युत आयोजनामा जोड दिऊँ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १४:५८
फाइल तस्वीर

६ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी बजेटमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । निर्यात बढाएर विदेशी मुद्रा सञ्चिती गर्न ऊर्जा क्षेत्रले मात्रै योगदान गर्न सक्ने भएकाले यसलाई उच्च प्राथमिकता दिनुपर्ने उनले बताए ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिंदै पुनले जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन, विद्युतीय गाडी र भान्सामा विद्युतीय चुलोका लागि सहुलियत कार्यक्रम ल्याउन सुझाव दिए । यसबाट वार्षिक एक खर्ब बराबरको ग्यास प्रतिस्थापन हुने र विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने उनको भनाइ छ ।

नेपाल मौलिकतासहितको संघीय संरचनामा गएको भन्दै अहिले राज्यबाट जनताले धेरै अपेक्षा गरेको समेत उनले बताए । अब राज्य संयन्त्रको प्राथमिकता आर्थिक रुपान्तरणमा हुनुपर्ने भन्दै उनले बजेट दिगो र समावेशी आर्थिक सामाजिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताए ।

सीमित स्रोतसाधन भएका कारण कतै लिइएका लक्ष्य पूरा हुन नसक्ने हो कि भन्नेमा भने सचेत हुन उनले अर्थमन्त्रीलाई सुझाव दिए । कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिंदै उनले यसबाट गरिबी निवारण, आयात प्रतिस्थापन र कृषिमा आधारित उद्योग विकास गर्न सकिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?