+
+

लहान नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १५:२०

६ जेठ, सिरहा । सिरहाको लहान नगारपालिकाको मेयरमा नेपाली कांग्रेसका महेशप्रसाद चौधरी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान मेयर मुन्नी साह सुडीलाई ८ हजार १३६ मतान्तरले पराजित गरे ।

निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार सुडीले ११ हजार ९६६ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा जनता समाजवादी पार्टीका रामचलितर महतो निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार सरियार कुमारी चौधरीलाई ७७९ मतान्तरले पराजित गरे ।

महतोले १२ हजार पाँच सय ६९ मत प्राप्त गरे भने चौधरीले ११ हजार ७९० मत प्राप्त गरिन् ।

लहान नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए ।

२४ वडा रहेको लहान नगरपालिकामा कांग्रेसले १, २, ३, ५, ६, ७, ८, ९, ११, १२, १३, १५, १६, १९, २२ र २३ गरी १६ वडा, नेकपा एमालेले वडा नम्बर १०, १७, १८ र २१, जसपाले वडा नम्बर ४ र २४, माओवादी केन्द्रले वडा नम्बर २० र नेकपा एकीकृत समाजवादीले वडा नम्बर १४ को वडाध्यक्ष जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?