+
+

काभ्रेको धुलिखेलको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १७:४८

६ जेठ, काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

व्याञ्जुको जितसँगै एमालेले काभ्रेमा पहिलो पालिका जितेको हो । व्याञ्जु एमालेका काभ्रे अध्यक्ष एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

व्याञ्जुले स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मत अन्तरले पराजित गरेका हुन् । व्याञ्जुले ८ हजार ३ सय ५१ मत ल्याउँदा बस्नेतले ७ हजार ४ सय ११ मत ल्याए ।

गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दया सागर श्रेष्ठले १ हजार ८१९ मत मात्रै प्राप्त गरे ।

उपमेयरमा भने नेपाली कांग्रेसका निराजन जंगम विजयी भएका छन् । उनले १ सय ४७ मत अन्तरले लालतारा अधिकारीलाई पराजित गरेका हुन् । जंगमले ७ हजार ९ सय ३८ मत ल्याउँदा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?