+
+

असईबाट अभद्र व्यवहार भएको भन्दै बारामा म्यादी प्रहरीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:२४

६ जेठ, बारा । बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले म्यादी प्रहरीमाथि अभद्र गर्ने असईलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?