+
+

नवनिर्वाचित जनप्रतनिनिधिलाई नारायणकाजीका आठ सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते २०:०५

६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आठ सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत जनप्रतिनिधिलाई भ्रष्टाचार र अनियमिततामा नमुछिन तथा स्वच्छता ,पारदर्शिता र सुशाशनमा नमूना बन्नु भन्दै आठ सुझाव दिएका हुन् ।

श्रेष्ठले दिएका सुझाव जस्ताको तस्तै :

एक ,आफुलाई शाषक र हाकिमका रुपमा होइन ,जनसेवक र जनताको कारिन्दाको रुपमा प्रस्तुत गर्नुहोस् ।

दुई, भ्रष्टाचारको ‘भ’ र अनियमितताको ‘अ’ को छिटा बिल्कुल पर्न नदिनुहोस । स्वच्छता ,पारदर्शिता र सुशाशनमा नमुना बन्नुहोस् ।

तीन , जननीति लागु गर्नुहोस् । नीति निर्माण ,योजना तर्जुमा ,बजेटको बाँडफाँड र कार्यान्वयनमा जनताको सहभागिता सुनिश्चित गर्नुहोस् ।

चार , सामाजिक सुरक्षा भत्ता के कसरी संयोजन गरेर हुन्छ जनताको घरघरमै पुर्‍याउनुहोस् ।

पाँच , विकास स्थानीय सरकारको मुख्य कार्यभार हो । तर विकासलाई जनमुखी बनाउन र समाजवादको आधार तयार पार्न ध्यान दिनु पर्दछ । घरघरमा स्वच्छ खानेपानी र बिजुली ,सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी शिक्षा क्षेत्रमा बिशेष प्राथमिकता , जनस्वास्थ्य र स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन जोड र कृषि सहित उत्पादन र रोजगारी केन्दृत बिशेष योजना र पर्यावरण को रक्षामा ध्यान केन्दृत गरौं । बिना योजना जताततै डोजर लाउने काम बिल्कुल नगरौँ ।

छ , जननिर्वाचित प्रतिनिधिहरुको सेवा ,सुबिधालाई न्युनतम बनाउनुहोस् र अवाञ्छितरुपमा बृध्दि नगर्नुहोस् ।

सात, गरीब ,दलित ,महिला र उत्पिडीत एवं सिमान्तिकृत समुदायको अधिकारको रक्षा र उत्थानमा ध्यान दिनुहोस् ।

र ,
आठ, आफूलाई मत दिने नदिने सबै जनता हाम्रा हुन् । त्यसैले कसैलाई भेदभाव र काखापाखा नगरी सेवा पुर्याउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?