+
+

मिथिला बिहारीको मेयरमा कांग्रेस उपमेयरमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते ८:५०

६ जेठ, धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कांग्रेसका राजेन्द्रप्रसाद यादव र उपमेयरमा माओवादीकी शोभादेवी साह विजयी भएका छन् ।

राजेन्द्रले ४३०४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अनिलकुमार यादवले ४०९४ मत पाए भने माओवादीका सूर्यनारायण मंडलले ३७४५ मत ल्याए ।

यस्तै उपमेयरमा निर्वाचित माओवादीकी शोभादेवीले ३३३० मत ल्याइन् । उनकी निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीकी अनिताकुमारीले २७९७ मत पाइन् । जनता समाजवादीकी जीवछ यादवले २७७१ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?