+
+

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १०:०६

६ जेठ, महोत्तरी । महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।

मेयरमा जसपाका  दिपेन्द्र महतो ८७९९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका बिष्णु योन्जनले ५६२७ मत पाए भने कांग्रेसका वसन्त गुरुङले ५१३२ मत ल्याए ।

मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक हुन् ।

यस्तै उपमेयरमा पनि जसपाकी रेनु कुमारी ८४५५ मतका साथ विजयी भएकी छन् । उनका निकटत् प्रतिस्पर्धी माओवादीका जनक दुलारी साहले ५४९० मत पाइन भने कांग्रेसकी सुशीला देवीले ५०४७ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?