
News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको गौशाला नगरपालिकामा उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ ।
- नगरप्रमुख दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुखलाई गेटमै रोकिएको हो ।
- उपप्रमुख महतोले आफूलाई गुण्डागर्दी शैलीमा रोक लगाइएको आरोप लगाइन्।
३ असार, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ ।
नगरप्रमुख डा. दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मंगलबार कार्यालय प्रवेशमा अवरोध भएको हो । कार्यालय गएकी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन् ।
गेटमा ताला लगाइएको छ भने उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । ताला लगाएका नगर प्रहरीहरू भने गेटमा देखिँदैनन् । नगरप्रमुख महतोको निर्देशनमा नगर प्रहरीले गेटमा तालाबन्दी गरेर उपप्रमुखलाई प्रवेशमा रोकेको बताइएको छ ।
उपप्रमुख महतोले नगरप्रमुखको निर्देशनमा आफूलाई गेटमा रोकिएको बताइन् । उनले आफू पनि जनताबाट निर्वाचित भएर आएको तर गुण्डागर्दी शैलीमा नगरप्रमुखले कार्यालय प्रवेश गर्न रोक लगाएको बताएकी छन् ।
प्रतिक्रिया 4