+
+

सम्मरीमाइ गाउँपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १२:५२

७ जेठ, बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा विनोदकुमार श्रीवास्तव र उपाध्यक्षमा कुमारी प्रियंका शाही सिंह विजयी भएका हुन् । श्रीवास्तवले चार हजार १३४ मत पाएर निर्वाचित हुँदा निवर्तमान गाउपालिका अध्यक्ष माओवादी केन्द्रका जितेन्द्र शुक्लाले तीन हजार ५०२ मत पाएका छन् ।

उपाध्यक्षमा कुमारीले ४००४ मत पाएर निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी पार्टीका विन्द्रावती गुप्ताले ३३०४ मत पाएकी निर्वाचन अधिकृत पिताम्बर भण्डारीले बताए ।

सातवटा वडामध्ये नेपाली कांग्रेसले वडा नं १, ३ र ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र ७ तथा माओवादी केन्द्रले वडा नंं ५ र ६ को वडाध्यक्ष जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?