+
+

सातवटै प्रदेशमा प्राविधिक शिक्षालय आवश्यक : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १९:००

७ जेठ, बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन् । उनले मूलूकमा सीपयुुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने भएकाले सरकारले सातवटै प्रदेशमा आवास सहितको प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अघि सारेको बताए ।

बुटवल तामनगर स्थित कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको शनिबार अवलोकन गर्दै मन्त्री श्रेष्ठले सीपयुुक्त जनशक्ति उत्पादनका लागि शिक्षण प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको बताए ।

‘कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकनले प्राविधिक जनशक्ति उत्पादनका लागि यस्ता शिक्षालयको आवश्यकतालाई अझ बढी बोध गरायो’ अवलोकनपछि मन्त्री श्रेष्ठले भने, ‘कम्तीमा एक हजार विद्यार्थीले आवाससहितको सुविधा पाउने गरी शिक्षालय स्थापनाको आवश्यक प्रक्रिया अघि बढ्छ ।’

मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वदेश र विदेशमा सीपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको बताए । विदेशमा जाने जनशक्ति सीपयुुक्त हुँदा राम्रो अवसर पाउने सम्भावना बढी हुने उनले बताए । मन्त्री श्रेष्ठले आवास सहितको तालिम केन्द्र ७ वटै प्रदेशमा स्थापना गर्ने गरी तयारी भइरहेको पनि बताए । काठमाडौंको भैसीपाटीमा रहेको तालिम केन्द्रलाई अपग्रेड गर्ने तयारी भइरहेको मन्त्री श्रेष्ठले सुनाए ।

उनले रोजगारी सिर्जनाका लागि सीपमूलक जनशक्तिको आवश्यकता महसुस गरिएको बताए । मन्त्रालयका निमित्त सचिव डण्डुुराज घिमिरेले सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताए ।

उनले मन्त्रालयले रोजगारीको वातावरण कसरी सिर्जना गर्ने भन्ने बारेमा आन्तरिक योजना समेत अघि बढाएको बताए । उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिसनका कक्षाहरु सञ्चालनमा रहेको बताए । कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?