+
+

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते ८:४१
मेयर निर्वाचित गोपाल हमाललाई बधाई दिंदै निवर्तमान मेयर नृपबहादुर वड

८ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए ।

हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका छन् ।

उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् । मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई  २८०९मतान्तरले पराजित गरेकी हुन् ।

रानाले  १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत ल्याइन् ।

१९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादखीले २ वटा वडा जितेको छ ।

वडानम्बर १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ कांग्रेसले जितेको छ । एमालेले ७, ८, १०, ११, १२ र १८ र माओवादी केन्द्रले ६ र १६ नम्बर वडा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?